सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा आएको भिषण बाढी प्रभावित क्षेत्रमा दुई भारतीय नागरिकसहित बाँकेका २२ जना मानिसहरू सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रशासन कार्यालय, बाँकेले दिएको प्रारम्भिक जानकारी अनुसार सो क्षेत्रमा कार्यरत तथा पुगेका नागरिकहरूसँग सम्पर्क हुन नसकेपछि उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। बाढीले भौतिक संरचनामा क्षति पुर्याउनुका साथै सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार र पहिचानमा कठिनाइ भइरहेको छ।
स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र उद्धार टोलीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। सम्पर्कविहीन व्यक्तिहरूका परिवार र आफन्तहरूलाई धैर्य धारण गर्न र कुनै खबर प्राप्त हुनासाथ जानकारी गराइने प्रशासनले जनाएको छ।
