स्प्रिङ डेल एकेडेमी प्रथम

प्याब्सन नेपालगन्जले बिहीबार अन्तरविद्यालय अनलाइन हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

नेपालगन्ज नगर प्याब्सनका अध्यक्ष मान बहादुर थापाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा आधारभूत तहमा २५ वटा र माध्यमिक तहमा १९ वटा विद्यालय सहभागी रहेका थिए ।

कार्यक्रममा नेपालगन्ज –१८ ,स्थित स्प्रिङ डेल एकेडेमीले दुबै तहमा उत्कृष्ट प्रदर्शन सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । कार्यक्रममा स्प्रिङ डेल एकेडेमीका आधारभूत तर्फ कक्षा आठबाट ओजस्वि विष्ट, निगम ढकाल र माध्यमिक तर्फ जयन्द्र सिजापति र हिना खड्का सहभागी थिए ।

Exit mobile version