नेपालगन्जस्थित बालेराम रमाशंकर ज्वेलर्सले प्रधानमन्त्री राहत कोषमार्फत बाढीपीडितको राहतका लागि १ लाख ११ हजार रुपिया सहयोग प्रदान गरेको छ । बुधवार उक्त रकम कोषमा जम्मा गरेको उक्त प्रतिष्ठानले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई भौचर हस्तान्तरण गरेको हो ।
नेपालगन्जमा निजी क्षेत्रबाट निरन्तर सहयोग जुट्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
