भोटेकोशी बाढीपीडितका लागि दीप ज्योति विद्या निकेतनको १ लाख २ हजार ५ सय ५५ सहयोग

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि दीप ज्योति विद्या निकेतन, बैजनाथ–२ डिगियाले रु. १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट संकलित रकम र विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) बाँकेलाई चेक हस्तान्तरण गरिएको विद्यालयका संस्थापक एवं सञ्चालक लक्ष्मण सिंहले जानकारी दिनुभयो।

सञ्चालक सिंहका अनुसार विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयको सहभागितामा रकम संकलन गरिएको हो। प्याब्सन बाँकेमार्फत एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिने उहाँले बताउनुभयो।

विपद्को कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सेवामा सहयोग गर्न पाउनु विद्यालय परिवारका लागि गौरवको विषय भएको सिंहले बताउनुभयो।

विद्यालयले “मानवीय सेवामा हाम्रो सानो प्रयास, पीडित परिवारका लागि ठूलो आशा” भन्ने भावनाका साथ सहयोग गरेको जनाएको छ।

Exit mobile version