तीजमा सोमबार लुम्बिनी प्रदेशभर बिदा

हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले आगामी सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले भदौ २९ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहने जानकारी दिएको छ । मन्त्रालयले प्रदेश सरकारको निर्णयअनुसार बिदासम्बन्धी सूचना सार्वजनिक गरेको हो ।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यका अनुसार, हरितालिका तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । उनले तीज पर्वका दिन प्रदेशभर सार्वजनिक बिदा रहने बताए ।

प्रदेश सरकारको निर्णयसँगै भदौ २९ गते सोमबार प्रदेश मातहतका सार्वजनिक कार्यालय तथा निकायमा नियमित सेवा सञ्चालन हुने छैन । तीजका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेपछि उक्त दिन प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो ।

Exit mobile version