यसपालि नेपालगञ्जमा रामलिला हुँदै

नेपालगञ्जमा ऐतिहासिक रामलिला संचालनको तयारी गरिदैछ । बडा दशैंको अवसरमा १५८ बर्षदेखि चल्दै आएको रामलिला गत वर्ष प्रतिकुल परिस्थितिबिच नियमित हुन नसके पनि रावण दहन गरिएको थियो ।

नेपालगन्जको पहिचानका रुपमा स्थापित रामलिलाको १५९ औं श्रन्खला नेपालगन्ज रामलीला मैदानमा असोज २५ गते घटस्थापनामा सुरु भई दश दिनसम्म मन्चन हुनेछ । रामलिला शोभा यात्रासहित विधिवत शुभारम्भ गरिने छ ।

रामलिला सञ्चालक समितिको बुधबार भएको साधारण सभाले रामलिला मञ्चन भब्य र ब्यवस्थित बनाउने लगायतका निर्णय गरेको छ । विभिन्न उपसमिति गठन गरेको समितिले भारत बृन्दावनबाट राधा रमण नेतृत्वको कलाकार टोली ल्याउने जानकारी दिएको छ ।

प्रतिकुल परिस्थिति भए पनि नेपालगन्जको पहिचान, संस्कृती र अस्तित्वसंग रामलीला मंचन जोडिएकोले निरन्तरता दिने पहल कदमी लिइएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनु भयो ।

रामलिला मञ्चनमा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रुपमा प्रस्तुत गर्ने गरिन्छ ।रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार हरेक दिन साँझ ८ बजेदेखि राती १२ बजेसम्म रामलिला मञ्चन हुनेछ ।

Exit mobile version