बाँकेको कोहलपुर स्थित होटलमा छापा मारेर प्रहरीले 48 जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, 46 भारतीय र दुई नेपाली नागरिकलाई मंगलबार अनलाइन सट्टेबाजी खेलाएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूको साथबाट 81 मोबाइल फोन, 28 ल्यापटप लगायतका उपकरण बरामद प्रहरीले बरामद गरेको बताइएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।
