नयाँ नेतृत्वका लागि वर्मा र रिजाल प्यानल मैदानमा
नेपाली काँग्रेसको पालिका अधिवेशनअन्तर्गत बाँकेको नेपालगन्ज उपमहानगरपालिकामो नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।
निर्वाचन संयोजक बलराम यादवका अनुसार, ६ सय वढी मतदाता रहेको नेपालगन्जमा आधा बढीले मतदान गरिसकेका छन्।
नेपालगन्ज नगर सभापति पदका लागि धनराज वर्मा र विनोद रिजाल प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
जिल्लाका आठवटै स्थानीय तहमा आज एकैसाथ अधिवेशन आयोजना गरिएको छ। अन्य पालिकामा चुनावी चहलपहल तीव्र रहे पनि नरैनापुर र डुडुवा गाउँपालिकामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ।
बाँकी पालिकाहरूमा नयाँ कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिको चयनका लागि मतदाताहरू उत्साहजनक रूपमा मतदानमा सहभागी भइरहेका छन्। सर्वसम्मत हुन नसकेका स्थानहरूमा लोकतान्त्रिक प्रक्रियामार्फत प्यानलगत रूपमा प्रतिस्पर्धा भइरहेको पार्टी नेतृत्वले जनाएको छ।
