वातावरण संरक्षण, वृक्षरोपण तथा हरित अध्यता हेमन्त राज काफ्ले रोटरी क्लब अफ सेन्ट्रल बाँकेको मानार्थ सदस्यमा मनोनीत हुनुभएको छ।रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरी जंग मल्लले काफ्लेलाई वातावरण संरक्षण, सामाजिक सेवा तथा हरित अभियानमा पुर्याउँदै आउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै क्लबको मानार्थ सदस्यता प्रदान गरिएको जानकारी दिनुभयो।
वातावरण संरक्षण र वृक्षरोपण अभियानलाई जीवनको अभिन्न अंग बनाउनुभएका काफ्लेले नेपालका विभिन्न स्थानमा वृक्षरोपण, बिरुवा वितरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ। उहाँले घरघरमा हरियाली विस्तार गर्ने, प्रकृतिप्रति माया जगाउने र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने उद्देश्यले लामो समयदेखि अभियान सञ्चालन गर्दै आउनुभएको छ।
काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, रासपाका सभापति रबि लामिछाने , पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललगायत विभिन्न राष्ट्रिय व्यक्तित्वहरूलाई निम, जामुन, अमला तथा शीतलचिनीका बिरुवा उपहार प्रदान गरिसक्नुभएको छ।
त्यसैगरी पूर्वमन्त्री लालबाबु पण्डित, योगेश भट्टराई, महेश्वर गहतराज, मोहम्मद इस्तियाक राई, गायिका कोमल ओली, अभिनेता राजेश हमाल, डा. महावीर पुन, डाक्टर मदन राई विक्रम पाण्डे, कर्ण शाक्य तथा वरिष्ठ गीतकार राजेन्द्र थापालगायतलाई पनि उहाँले बिरुवा उपहार दिइसक्नुभएको छ।रुखप्रति सबैको माया र अपनत्व बढाउने उद्देश्यले विशिष्ट व्यक्तित्वहरूलाई बिरुवा उपहार दिने अभियान सञ्चालन गर्दै आउनुभएका काफ्लेले वृक्षरोपणलाई वातावरण संरक्षणसँगै सामाजिक चेतना र मानवीय सेवासँग जोड्दै आउनुभएको छ।हरित अभियान तथा वातावरण संरक्षणमा पुर्याउनुभएको योगदानको कदरस्वरूप उहाँले बागेश्वरी असल शासन पुरस्कार, बास ब्राइटल्यान्ड अवार्ड, वन पैदावारसम्बन्धी राष्ट्रिय सम्मेलनमा हरित सम्मान, समरस्ता इन्टरनेसनल अवार्ड , डब्लूडब्लूएफ नेपालबाट अब्राहम संरक्षण अवार्ड , एभरेस्ट क्लाइमेट इन्टरनेसनल अवार्ड, भारतबाट ट्री म्यान अवार्ड तथा लुम्बिनी विश्व शान्ति मञ्चको शान्ति हरित सम्मान , नाईस अवार्ड , सगरमाथा हरित साहित्य सम्मान लगायत विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ।रोटरी क्लब अफ सेन्ट्रल बाँकेले काफ्लेलाई मानार्थ सदस्यका रूपमा स्वागत गर्दै आगामी दिनमा वातावरण संरक्षण, सामाजिक सेवा, वृक्षरोपण तथा सामुदायिक विकासका क्षेत्रमा थप सहकार्य र योगदान हुने विश्वास व्यक्त गरेको छ।
हरित अभियान र सामाजिक सेवामा समर्पित काफ्लेको रोटरी क्लबमा आबद्धताले वातावरण संरक्षण तथा सामुदायिक सेवाका क्षेत्रमा नयाँ सहकार्यको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
