नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा पूर्ण प्रसाद आचार्य सर्वसम्मत भएका छन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ को अधिवेशनमा सभापति पदका अर्का उम्मेदवार पोषण केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि आचार्य सर्वसम्मत भएका हुन् ।
मंगलबार हुने भनेको मतदान सर्वसम्मत प्रयासका लागि सुरु हुन सकेको थिएन । पार्टी केन्द्रीय नेता सहित उम्मेदवारहरु बीचको छलफल पछि सर्वसम्मतको वातावरण तयार भएको काँग्रेस नेताहरुले बताएका छन् ।
