८ सय ८ ग्राम ब्राउन सुगरसहित तीन भारतीय पक्राउ

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एक होटलबाट ८ सय ८ ग्राम ब्राउन सुगरसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार होटलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, बहराइच, नानपारा निवासी २१ वर्षीय रिजवान अहमद इदरीशी, १८ वर्षीय माज अहमद र २६ वर्षीय रफत खान रहेका छन्।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा उनीहरूलाई सोधपुछ तथा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ शुद्ध तौल ८ होटलमा ८ ग्राम बरामद भएको थियो। उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई थान मोबाइल र भारतीय नम्बरको स्कुटरसमेत बरामद गरेको छ।

Exit mobile version