सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

सेवाग्राही र साझेदारसँग अन्तरक्रिया

सुबिसु लिमिटेडले सेवाग्राही र साझेदारसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले नेपालगन्जमा ‘कनेक्ट–२०२६’ अन्तर्गत कर्पोरेट क्लाइन्ट मिट एन्ड ग्रिट कार्यक्रम गरेको छ । शुक्रवार आयोजित कार्यक्रममा दाङ, सुर्खेत र बर्दियाका साझेदार तथा सेवाग्राही सहभागी भएका थिए ।

कार्यक्रममा सुबिसुका उपाध्यक्ष इन्टरप्राइजेज सेल्स दिपेश मास्केले कम्पनीले देशभर सेवाग्राही र साझेदारसँग सम्बन्ध स्थापना तथा विस्तारलाई प्राथमिकता दिँदै आएको बताए । उनले ‘कनेक्ट–२०२६’ मार्फत विभिन्न स्थानमा सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरिरहेको जानकारी दिए ।

मास्केले कार्यक्रममा कम्पनीको ‘सेफ नेट’ सेवाबारे पनि जानकारी दिए । इन्टरनेट सुरक्षासँग जोडिएको सेवाका विशेषताबारे जानकारी दिँदै उनले भने, ‘यो नेपालकै सबैभन्दा सुरक्षित इन्टरनेट हो ।’

सुबिसुले कार्यक्रममा दाङ, सुर्खेत र बर्दियाका साझेदारलाई सम्मानसमेत गरेको थियो । सेवाग्राही र साझेदारसँग प्रत्यक्ष छलफल गर्ने तथा उनीहरूका सुझाव र अनुभव बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सुबिसुका उपाध्यक्ष अपरेसन नविन बज्राचार्य, सिनियर म्यानेजर अजय रौनियार, मधुसुदन दाहाल, अन्जन अधिकारी तथा सेल्स एक्जुकेटिभ इन्टरप्राइजेज सेल्स अर्जुन श्रेष्ठलगायत वरिष्ठ अधिकृत सहभागी थिए । उनीहरूले सेवाग्राही तथा साझेदारसँग अनौपचारिक छलफल र अन्तरक्रिया गरेका थिए ।

सुबिसुका क्षेत्रीय प्रमुख खगेन्द्र शाहीका अनुसार, कार्यक्रमका क्रममा कम्पनीका वरिष्ठ अधिकृतहरूले सेवाग्राही र साझेदारसँग प्रत्यक्ष रूपमा कुराकानी गरेका थिए । सेवाको अनुभव, आवश्यकता तथा कम्पनीसँगको सहकार्यका विषयमा अनौपचारिक रूपमा छलफल भएको उनले बताए ।

Exit mobile version