भेरी साहित्यमा महिला नेतृत्व

भेरी साहित्य समाजको केन्द्रीय नेतृत्वमा पहिलो पटक महिला नेतृत्व चुनिएको छ । स्थापनाको २४ वर्षमा पहिलो पटक समाजले महिला नेतृत्व पाएको हो ।

शनिवार भएको समाजको २४ औं वार्षिक साधारणसभा तथा आठौं केन्द्रीय अधिवेशनमा सर्वसम्मतको पहल सफल हुन नसकेपछि भएको निर्वाचनबाट मीना बराल अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले महानन्द ढकाललाई पराजित गरि समाजको नेतृत्व सम्हालेकी हुन् ।

पदाधिकारीसहित अन्य पदहरु भने सर्वसम्मत चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद रिजाल, महेन्द्र चन्द, भरत बहादुर रानाभाट र डा. चक्र प्रसाद अधिकारी उपाध्यक्ष चयन भएका छन् । महासचिवमा सुन्दर गुरुंग, सचिव पुष्पमणि प्रधान र कोषाध्यक्ष पदमा तारा खत्री रोकाया चयन भएको समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. हरी तिमिल्सिनाले जानकारी दिए । डा. तिमिल्सिनाका अनुसार, सदस्यहरुमा चन्द्रावति अधिकारी, पुष्पा सुवेदी, कविराज रेग्मी, अन्तरिक्ष देवकोटा र पूर्ण समिर महतरा छन् ।

त्यस्तै, मिना ढकाल, दिपेन्द्र बहादुर सिंह, देवीलाल चौलागाई, नरुहक हस हलवाई, खगेन्द्र प्रसाद नेपाल र सतानन्द उपाध्याय केन्द्रीय समिति सदस्यम ाचयन भएका छन् ।

त्यसअघि भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको साधारणसभा वरिष्ठ साहित्यकार, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले उद्घाटन गरे । मञ्चासिन विभिन्न विशिष्ट व्यक्तित्वहरुले नेपाली साहित्य, भेरी साहित्य समाजको इतिहास र यसले गरेको संस्थागत योगदान बारे धारणा रारखेका थिए ।

कार्यक्रममा बाँके, बर्दिया सुर्खेत, दैलेख, जाजरकोट र कैलालीका शाखा अध्यक्षहरुले संस्थागत गतिविधि प्रस्तुत गर्दै समाजको साहित्यिक अभियानबारे धारणा राखेका थिए ।

कार्यक्रममा भेरी साहित्य समाजले वीणाश्री मल्ल र बखत मल्ल, भीम रानाभाटलाई सम्मान गरेको छ । स्वर्गीय प्रेम प्रकाश मल्लका छोरी ज्वाई मल्ल दम्पत्तिले मरोणोप्रान्त पनि आफ्ना पिताको सम्मान र सम्झनामा कृति प्रकाशन तथा साहित्यको प्रवद्र्धनमा पुरस्कार स्थापना गरेकोमा समाजले विशेष सम्मान गरेको हो । त्यस्तै, भीम बहादुर रानाभाट रभरत बहादुर रानाभाटले पनि आफ्ना बुवा आमाको सम्मान र सम्झनामा साहित्यक्षेत्रमा पुरस्कार स्थापना गरेका छन् ।

Exit mobile version