स्वास्थ्य उपचारका क्रममा महिला बिरामीको गोप्य अंग छोएको÷चलाएको आरोपमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोसम्बन्धी घटनाका आधारमा पीडितबाट करणीसम्बन्धी कसूरमा जाहेरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीले कोहलपुर नगरपालिका–११, रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकका सञ्चालकसमेत रहेका ६३ वर्षीय गणेशबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले जानकारी दिएका छन् ।
प्रहरीले थापा इलाज गर्न इजाजत प्राप्त नभएको र नेपाल मेडिकल काउन्सिलको कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट, २०१७ मा भएको व्यवस्थाविपरीत सिएमए प्रमाणपत्र मात्र प्राप्त गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट करणीसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
