’निष्ठा र इमानदारिताको पर्याय केशवराज’

केशव राज (शर्मा) आचार्य राजनीतिको त्यो सहनशिल पात्र जस्ले ब्यक्तिगत स्वार्थ भन्दा पार्टी,पार्टी भन्दा पनि देशमा लोकतन्त्र स्थापनाका लागी संघर्ष अवरत संघर्ष गरीरह्यो ।
कतिपयलाई त उहाँको राजनीतिक संघर्षको यात्रा पुराका पुरा संघर्षको अवधिका कुरा अपत्यारिला लाग्लान ।
वि.सं. २०४० साल तिरको कुरा होला आचार्य निवास दाङ्गको पश्चिम भेग सलौरालाई शेल्टर बनाउँदै गिरिजा प्रसाद कोइराला साथमा सुशील कोइराला सहितका नेताहरु पुगेका थिए। यात्रामा रहँदा गनतव्य सल्यान जाने क्रममा पक्राउ परेका थिए ।
०४८ सालको आम निर्वाचनमा खुम बहादुर खड्कालाई विजयी गराउने सारथी उनै आचार्य थिए । माओवादी सशस्त्र युद्धका दौरान अपहरणमा परेका थिए । पश्चिम दागंमा आफ्नै गाऊँमा बस्ने सायद उनि एक्ला नेता पनि थिए । उनलाई माओवादीले अपहरण गरेर पनि सकुशल छाडेका थिए । खुमबहादुर खड्का,गेहेन्द्र गिरी,दिपक गिरीलाई प्रतनिधि सभा र संविधान सभा सदस्य जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्य प्रदेश सभाका लागि दागं क्षेत्र नं. ३ ख को उपचुनावका लागि चुनाव लडे,पराजित पनि भए तर रत्तिभर डगमगाएनन् । लोकप्रिय हजारौं मत बढाएका थिए ।संगठनमा निरन्तर सक्रिय भईरहे । वषेश महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए उनि ।
उनका राजनीतिक यात्राको चिनारी कम छैन् ।
‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को मार्गलाई आत्मसाथ गर्दै वी.पी. कोइरालाका साथमा २०३५ सालमा भारतको बणारसमा विषेश प्रशिक्षण लिई २०३७ सालसम्म बणारस बसेर राजनीतिक यात्रा शुरुवात गरे आचार्यले । वि.सं. २०२९ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए आचार्य ।वि.सं. २०३६ सालदेखि २०७०सम्म निरन्तर पार्टीको जिल्ला कमिटीको सदस्य, उपसभापति र संगठन विभाग प्रमुख भई नेपाली काँग्रेस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि सधैं कार्यकर्ता र जनताको बीचमा घुलमिल भइरहने स्वभावका राजनीतिज्ञ हुन् ।
०२९ सालमा नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षका दौरान, तरुण पत्रिका, पम्प्लेट, दाङ्ग जिल्लाभर वितरणमा सक्रिय भएर हिंडे ।
वि.सं. २०३४ सालसम्म मध्ये पश्चिम क्षेत्र केन्द्रित राजनीतिक गतिविधिमा सक्रिय ।२०३५ सालमा नेपाल विद्यार्थी संघ, विदेश क्षेत्र बणारस सदस्य भई भारतमा वी.पी. कोइरालाको सहयोगी भई काम गरेका आचार्य २०३५ सालमा बणारसको कोईराला निवास रथ यात्रामा राजनीतिक प्रशिक्षणमा सहभागी समेत भएका थिए ।
वि.सं.२०३६ सालको जनमत सङ्ग्रहमा बहुदल प्रचार समिति दाङ्ग जिल्ला सदस्य भई काम गरेका आचार्य २०३६ सालको जनमत सङ्ग्रहमा दाङ्ग जिल्ला बहुदलको पक्षमा विजय बनाउने अभियानको राजनीतिक कार्यकर्ता हुन् ।
२०३६ सालमा नै वी.पी. कोइराललाई दाङ्गको टहरी गाउँ एयरपोर्टमा स्वागत तथा मण्डलेसँग प्रतिकार गर्नेहरुमध्येका एक ब्यक्तित्व हुन ।
२०३७–३८ सालमा सर्वमान्य नेता गणेशमान सिंहको काठमाडौं स्थित घरमा भएको तत्कालिन महाधिवेशनमा सहभागी भई कृष्ण प्रसाद भट्टराईबाट महासमिति सदस्य मनोनित हुने देश भरीकाबाट उनि पनि एक हुन।
वि.सं.२०३९ सालमा बर्दियाको ढोढरीमा भएको मध्येपश्चिम क्षेत्र स्तरीय सम्मेलनमा सि.के. प्रसाई लगाएतका नेताहरुबाट दिइएको प्रशिक्षणमा सहभागी भए ।
२०४० सालमा दाङ्ग जिल्लाको ललौरामा भएको अञ्चल स्तरीय सम्मेलनमा सहभागी । (उक्त सम्मेलनलाई गिरिजा प्र. कोइराला, कृष्ण प्र. भट्टराई र गणेशमान सिंहले सम्बोधन गरेको)
२०४० सालमा जिल्ला दौराहाको क्रममा तत्तकालिन महामन्त्री गिरिजा प्र. कोइराला सल्यान जाने सिलसिलामा हेकुली–५ सलौरा, आफ्नै निवासमा गिरिजा प्र. कोइराला सुशील कोइरालालाई बस्ने व्यवस्था मिलाए । त्यहाँबाट सल्यान जाँदा अञ्चालाधिश नारायण बहादुर बस्नेतको निर्देशनमा महामन्त्री गिरिजा प्र. कोइराला र सुशील कोइरालासँगै तुलसीपुरमा गिरफ्तार भएका थिए ।
२०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका निर्वाह गरेका थिए आचार्यले । जेल मुक्त भए पछी २०४३–४५ सम्म पार्टी जिल्ला संगठन विस्तारमा सक्रिय भए ।
२०४६ साल माघ ५,६,७ मा सर्वमान्य नेता गणेशमान सिंहको निवासमा भारतीय नेता चन्द्रशेखर आजादको उपस्थितिमा भएको सम्मेलनमा आचार्य सहभागी भए ।
२०४६ सालको जनआन्दोलनमा जिल्लामा सक्रिय हुँदा फागुण ७ गते पक्राउ परे, तत्कालिन डि.एस.पि. शारदाभक्त रञ्जितकारबाट भौतिक रुपमा निर्घात कुटपिट गरिएपछी रगतको आहलमा जेल जिवन विताए आचार्यले ।
पुनः २०४६ सालमा नेता खुम ब. खड्का र बलदेव शर्मा मजगैंयाँसँगै तुलसीपुर दाङ्गको कारागारमा जेल बसे ।
२०४८ सालको पहिलो आमनिर्वाचनमा क्षेत्र नं. ३ दाङ्गको चुनाव प्रचार प्रसार समिति संयोजक भई काम गरेका आचार्य सरल स्वभावका नेता हुन ।
२०४८ देखि २०६२–६३ सालको जनआन्दोलनसम्म जिल्लामा संगठन विभाग प्रमुख उप सभापति र जिल्ला सदस्य भई काम गरे ।
२०५५ सालमा जिल्ला विकास समिति दाङ्गको इलाका नं. ९ बाट नेपाली काँग्रेसको तर्फबाट जि.वि.स. सदस्य । तथा हेकुली गा.वि.स. वडा नं. ५ नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा विजयी भई काम गरेका छन्।
झापाको कलबल गुडी पार्टी महाधिवेशनदेखि होस वा १४ औं महाधिवेशन हुँदै २०८२को विशेष महाधिवेशन सम्म निरन्तर सहभागी छन आचार्य ।
२०६२–६३ जनआन्दोलनका दौरान जिल्लामा पटक पटक पक्राउ र राजधानी केन्द्रित आन्दोलनमा काठमाडौंमा पक्राउ परे आचार्य । २०६४ साल,२०७०,२०७४,२०७९ र २०८२ सालमा दाङ्गको चुनावि अभियानमा आचार्यको सक्रियता रह्यो । २०७६को उप निर्वाचनमा दाङ्ग ३(ख)मा उम्मेद्वार थिए । तिन दशक यता पार्टी महाधिवेशन प्रतिनिधि रहँदै आएका आचार्य कार्यकर्तामाझ रुचाईएका नेता समेत हुन ।

Exit mobile version