बाँकेमा ३ हजार ५० मतदाता नामावलीबाट हटाइए

बाँकेमा मतदाता नामावली अद्यावधिक गर्ने क्रममा ३ हजार बढीको मतदाताको नाम हटाइएको छ । मृत्यु भएका तथा दोहोरो मतदाता रहेका व्यक्तिको विवरण अद्यावधिक गरी नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले जानकारी दिएका छन् ।

मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ले निर्दिष्ट गरेको प्रक्रियाअनुसार २०८३ भदौ १५ गतेसम्म संकलन तथा अद्यावधिकका लागि प्राप्त विवरण समावेश गरी अद्यावधिक कार्यक्रम नामावाली हटाइएको हो ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तका अनुसार, बाँकेका आठ वटै स्थानीय तहका ३ हजार ५० जनाको नाम हटाइएको छ ।

कार्यालयका अनुसार, सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाबाट ८ सय २० जनाको नाम हटाइएको छ । त्यस्तै, कोहलपुर नगरपालिकाबाट ७ सय ६६ जना, राप्तीसोनारी गाउँपालिकाबाट ३ सय ७१, डुडुवा गाउँपालिकाबाट १ सय २१, खजुरा गाउँपालिकाबाट ३ सय २०, बैजनाथ गाउँपालिकाबाट २ सय ८९, जानकी गाउँपालिकाबाट १ सय ८६ र नरैनापुर गाउँपालिकाबाट १ सय २१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।

Exit mobile version