नेपालगन्जको वाटरपार्क नजिकै सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएका १७ वर्षीय नाबालक सक्सेस गौतमको न्याय तथा क्षतिपूर्तिको माग गर्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
घाइते नाबालकका बुवा तथा संरक्षक सुरेश कुमार गौतमले वादी भई नेपाल विद्युत् प्राधिकरण (नेपालगन्ज वितरण केन्द्र) र नेपालगन्ज उपमहानगरपालिका (नगर विकास कार्यालय) लाई प्रतिवादी बनाइ उपभोक्ता संरक्षण ऐन, २०७५ र मुलुकी देवानी संहिता, २०७४ बमोजिम कुल ५0 लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउन फिरादपत्र दर्ता गराउनुभएको हो।
सुरक्षित र गुणस्तरीय विद्युत् सेवा दिनुपर्ने दायित्व पूरा नगरी सार्वजनिक सडकमा नाङ्गो तार लत्रन दिँदा करेन्ट लागेर गम्भीर घाइते भएका १७ वर्षीय नाबालक सक्सेस गौतमको पक्षमा न्याय तथा क्षतिपूर्तिको माग गर्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
पीडित बालकका बुवा तथा संरक्षक सुरेश कुमार गौतमले नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र र नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको नगर विकास कार्यालयलाई प्रतिवादी बनाउँदै उपभोक्ता संरक्षण ऐन, २०७५ र मुलुकी देवानी संहिता, २०७४ बमोजिम कुल 50 लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउन फिरादपत्र दर्ता गराउनुभएको हो।
२०८३ असार १६ गते साँझ नेपालगन्जस्थित वाटरपार्क जाने मुख्य गेटनजिकैको निर्माणाधीन सडक खण्डमा भएको सो घटनामा जमिनबाट करिब तीन फिट मात्र माथि नाङ्गो विद्युत् तार लत्रिएको र अन्धकारको कारण स्पष्ट नदेखिँदा नाबालक करेन्टको सम्पर्कमा आएका थिए। साथी बिराजमान शाहीको तत्परताले ज्यान जोगिए पनि बालकको दाहिने हात र खुट्टामा गम्भीर जलन भई भारतको लखनउस्थित मेदान्ता अस्पतालसहित विभिन्न स्थानमा प्लाष्टिक सर्जरी तथा थप उपचार गराइएको छ।
यस लापरवाहीपूर्ण घटनाका कारण बालकको स्वास्थ्य, कक्षा १२ को पठनपाठन र भविष्यको करिअरमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै फिरादपत्रमा हालसम्मको र भविष्यको उपचार खर्च तथा शारीरिक एवं मानसिक क्षतिबापतको यथोचित रकम प्रतिवादीहरूबाट संयुक्त तथा व्यक्तिगत रूपमा भराई पाउन जोडदार माग गरिएको छ।
