बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्टस क्लब, र एन.के. स्पोर्टस क्लब विजयी भएका छन ।
न्यू डाँफे स्पोर्टस क्लवको आयोजनामा खजुरा मिनि रंगशाला डि गाउँमा जिल्लाका खेलाडीले मात्र खेल्न पाउने गरि गरिएको प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्टस क्लबले न्यू बागमति स्पोर्टस क्लबलाई खेलको अन्तिम समयमा गोल गर्दै जित निकालेको हो । न्यू भद्रकालीका जर्सि नम्बर ७ का निसान्त रानामगरले गोल गरि विजयी बनेको थियो ।
यस्तै सोमबार भएको अर्को खेलमा एन.के. स्पोर्टस क्लबले जित निकाल्यो ।
एन.के. स्पोर्टस क्लब र भगवती स्पोर्टस क्लब विच भएको प्रतिपर्धामा खेलको पुरा समयसम्म दुवैतर्फ कुनैपनि स्कोर हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा एन.के. स्पोर्टस क्लबले ४ र भगवती स्पोर्टस क्लबले २ गोल मात्र गरेपछि जित एन.के. स्पोर्टसले निकालेको न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रिले जनाए । प्रतियोगितामा मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएका छन ।
पहिलो खेल जय किसान स्पोर्टस क्लब र नव ज्योती युवा क्लब विच दुई बजे पछि हुनेछ भने दोस्रो खेल न्यू डाँफे स्पोर्टस क्लब(बि) र एन.के. स्पोर्ट्स क्लब विच प्रतिश्पर्धा हुने अध्यक्ष खत्रिले जनाए । प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रिले जनाए ।
क्लवका संरक्षक खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका हुन ।
प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगिले जनाए । दशै र तिहारको अवसर पारि आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने न्यू डाँफे स्पोर्टस क्लवका उपाध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।
