जुवा खेल्ने १२ पक्राउ

बाँकेको खजुरा गाउँपालिका–७ सोनवर्षामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार नवर्षास्थित विष्णु वर्माको खाली घरको छतमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाखालबाट नगद ५७ हजार ४७० रूपैयाँ, खोलिएको तासको एक गड्डी र नखोलिएको तासको एक गड्डीसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका १२ जनामाथि जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय बाँकेबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

Exit mobile version