बाँकेमा ९४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट

बाँकेको जानकी गाउँपालिका–१ शिवपुरीबाट प्रहरीले ९४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८३ असोज २७ गते प्रहरी चौकी साइगाउँ, बाँकेबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शिवपुरी क्षेत्रमा भन्सार छली गरी भारततर्फ लैजान लागिएको अवैध घरेलु मदिरा बरामद गरेको हो ।

बरामद गरिएको ९४ लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताएका छन् ।

Exit mobile version