बाँकेमा ३५ वटा लामो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण

चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले बाँकेमा लामो दूरीमा चल्ने ३५ वटा यात्रुवाहक सवारीसाधनको यान्त्रिक परीक्षण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र यातायात व्यवस्था कार्यालय बाँकेको संयुक्त आयोजनामा सवारीसाधनको यान्त्रिक परीक्षण गरिएको हो।

चाडपर्व लक्षित कार्ययोजनाअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा लामो दूरीमा चल्ने यात्रुवाहक सवारीसाधनको अवस्था जाँच गर्नुका साथै सवारीसाधनको नियमित मर्मतसम्भार गर्न सम्बन्धित सवारीधनी तथा चालकलाई सुझावसमेत दिइएको थियो ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सवारीसाधनको प्राविधिक अवस्था चुस्तदुरुस्त राख्न र सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्तो परीक्षणले सहयोग पुग्ने प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version