कञ्चनपुरका दुईजना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिए । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको उनले बताए । धामीका अनुसार भट्टलाई यसअघि नै नियन्त्रणमा लिएको प्रहरीले पत्रकार कुँवरलाई आज दिउँसो पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई लक्षित गरेर केही दिनयता केही सञ्चार माध्यममा समाचार प्रकाशित भइरहेका छन् ।
दुई पत्रकार प्रहरी नियन्त्रणमा
- Dainik Nepalgunj

- Categories: News
Related Content
चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ
by
Dainik Nepalgunj
September 23, 2026
तीन सयभन्दा बढी अवैध हतियार बरामद
by
Dainik Nepalgunj
September 23, 2026
होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा
by
Dainik Nepalgunj
September 23, 2026
टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान
by
Dainik Nepalgunj
September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान
by
Dainik Nepalgunj
September 23, 2026