त्यस्तै, कार्यक्रममा पार्टीका क्रियाशील सदस्य, विभिन्न तहका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको छ।
अधिवेशनबाट नगर तथा क्षेत्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ। पार्टीको संगठनलाई थप सुदृढ बनाउने र नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले आयोजित अधिवेशनलाई कांग्रेसको आन्तरिक सांगठनिक गतिविधिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
