- बहराइच–नेपालगन्ज मिटरगेज रेल सेवा बन्द भएको छ । भारतीय सरकारले पूर्वोत्तर रेल्वेलाई पूर्णतया विस्थापित गरेर बढी रेल लाइन सुविधा विकास गर्न लागेकाले उक्त रेल सेवा शनिबारदेखि बन्द भएको हो ।
- नेपालगन्ज उपमहागरपालिका वडा नम्बर १८ को तेजनगरमा नयाँ सडक स्तरोन्नतिको शनिबार शिलान्यास गरिएको छ । एक औपचारिक कार्यक्रमकाबीच वडाध्यक्ष दिपक बर्माले उक्त सडक स्नरोन्नतिको शिलान्यास गरेका हुन् ।
- बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरि र बि गाउँ जोड्ने गडगैँचा (पेडारी) नालामा पुल भत्किएको करिब पाँच दशकपछि नयाँ पुल निर्माण सुरु भएको छ ।
- भेरी साहित्य समाज केन्द्रीय अध्यक्षमा इन्द्रबहादुर बस्नेत निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा भएको सातौँ केन्द्रीय अधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
- झलकजी विकल्पलाई भेरी साहित्य समाजले यस वर्षको स्रस्टा सम्मान प्रदान गरेको छ । शनिबार केन्द्रिय अधिवेशनमा विकल्पलाई वरिष्ठ कथाकार सनत रेग्मी र समाजका अध्यक्ष हरि तिमिल्सिनाले उक्त सम्मान प्रदान गरेका हुन् ।
- १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
- राप्तीसोनारी गाउँपालिका-९ ढकेरी स्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थीलाई सानै उमेरदेखि आयुर्वेद औषधि र योग शिक्षाका बारेमा जानकारी गराइएको छ ।
- बर्दिया मधुवन नगरपालिका-५ का अन्दाजी २९ वर्षीय रशेम चौधरीलाई भारतीय सुरक्षाकर्मी एसएसबीले लागूऔषधसहित पक्राउ गरेको छ ।
छोटकरीमा नेपालगन्जका आठ खबर
- Dainik Nepalgunj

- Categories: मुख्य समाचार
Related Content
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
by
Dainik Nepalgunj
August 16, 2025
लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार
by
Dainik Nepalgunj
August 15, 2025
चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन
by
Dainik Nepalgunj
August 15, 2025
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री
by
Dainik Nepalgunj
August 15, 2025
१३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी
by
Dainik Nepalgunj
August 15, 2025