यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

यू–१९ महिला विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालमा १५ खेल सञ्चालन हुने तय भएको हो ।

नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगिताका खेल नेपालका त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने विश्वकपका बाँकी खेल बंगलादेशमा हुनेछन् ।

Exit mobile version