दैनिक नेपालगन्ज
पहिलो पटक नेपालगन्जमा आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको पौडी च्याम्पियनसिपको टाइटल नविल बैंकले लिने भएको छ ।
नेपालगन्ज स्वीमिङ क्लबले कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा हुने अन्तर्राष्ट्रियस्तरको पौडी च्याम्पियनसिपको टाइटल नविल बैंकले लिने भएको हो । ‘त्यसका लागि सोमवार सम्झौता भएको छ,’ क्लब अध्यक्ष केशवराज न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘ठुलो र भरपर्दाे ब्राण्ड टाइटल स्पोन्सरका रुपमा जोडिएकाले प्रतियोगिताको दीर्घकालीन उत्साह देखाएको छ ।’ प्रतियोगितामा भारतका विभिन्न सहरबाट करिब ५० सहित नेपालका विभिन्न स्थानका करिब १५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ‘क्रमशः अन्य मुलुकहरु पनि सहभागिताका लागि प्रयासरत छौं,’ अध्यक्ष न्यौपानेले भने ।
राष्ट्रिय विद्यालय स्तरीय प्रतियोगिता शुरु गरेको नेपालगन्ज स्वीमिङ क्लबले तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रियस्तरको पौडी च्याम्पियनसिप आयोजना गर्ने गरि अगाडी बढेको हो
नविलले लियो ‘टाइटल’
