नेपालगन्जमै राष्ट्रिय पौडी

दैनिक नेपालगन्ज
दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडीतर्फका खेल नेपालगन्जमा हुने भएका छन् । नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारी भइरहँदा त्यसको प्राविधिक नेतृत्वका लागि आइपुगेका उच्च अधिकारीले उक्त कुराको जनाउ दिएका हुन् ।
‘दशौंको पौडी प्रतियोगिता नेपालगन्जमै गर्न आवश्यक प्राविधिक अध्ययन गर्ने भन्ने स्पष्ट निर्देशन छ,’ नेपाल पौडी संघका टेक्निकल हेड विष्णु खड्काले पत्रकारहरुसँग भने, ‘यसै क्रममा अध्ययन गरेर सबै रिपोर्ट बुझाइने छ ।’ उनीसँग संघका केन्द्रीय सदस्य दीपक सागर सिंह पनि नेपालगन्ज आइपुगेका छन्

Exit mobile version