मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

 मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको मासिक प्रतिवेदन अनुसार कुल सार्वजनिक ऋणको दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपियाँ पुगेको छ । कुल ऋण दायित्वमध्ये वैदेशिक ऋण मात्रै १५ खर्ब ९८ अर्ब ८० करोड रुपियाँ रहेको छ, जुन कुल ऋणको ५३.१३ प्रतिशत हुन आउँछ ।

त्यस्तै कुल ऋणको ४५.५९ प्रतिशत अर्थात् १४ खर्ब १० अर्ब ३१ करोड रुपियाँ आन्तरिक ऋण दायित्व रहेको प्रतिवेदनमा उल्लेख छ । चालु आवको तीन महिना अर्थात् असोज मसान्तसम्म मात्रै एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँ ऋण थपिएको प्रतिवेदनले देखाउँछ । 

जसमध्ये सरकारले एक खर्ब रुपियाँ आन्तरिक ऋण र २३ अर्ब ३२ करोड रुपियाँ बाह्य ऋण परिचालन गरिसकेको छ । चालु आवमा मात्रै सरकारले छ खर्ब ५८ अर्ब २८ करोड रुपियाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । 

Exit mobile version