अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

नेपालगन्ज १५ कार्तिक । नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले गरी ४० इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा बढी ५४ पदक जितेर दबदबा कायम राखेको छ । नेपाल पौडी सघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको प्रतियोगिताको शनिबार पहिलो दिन ४० वटा इभेन्ट सम्पन्न हुँदा सगरमाथा क्लले २४ स्वर्ण, ९ रजत र २१ वटा काँस्य पदक जितेर अग्रता लिएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीले जानकारी दिए । नेपालगन्ज स्वीमिङ क्लबले यस अघि आयोजना गरेको दोस्र्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताकोे पनि सगरमाथा स्वीमिङ क्लब विजेता हो ।


प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण, ७ रजत र ५ काँस्य गरी २२ पदक जितेर दोस्रो अग्रता लिएको छ । कोहलपुर बाँकेको शिखा एकेडेमीले १ स्वर्ण, ८ रजत र ३ काँस्य पदक जितेर तेस्रो स्थानमा अग्रता लिइरहेको छ । ललितपुरको जेम्स स्कुल ८ रजत र ३ काँस्य गरी ११ पदक जितेर चौथो स्थानमा रहेको छ ।
प्रतियोगिताका इभेन्ट डाइरेक्टर सूर्यमणि अधिकारीका अनुसार अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडीबीच फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुटटा छुटटै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । आइतबार थप ४० इभेन्ट भइरहेका छन् । देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट गरी १५० जना खेलाडीहरु प्रतिष्पर्धा गरिरहेका छन् ।

Exit mobile version