अधिवेशन गर्दै देउवा काँग्रेस

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले यही कात्तिक १९ गते बाँके जिल्ला अधिवेशन गर्ने भएको छ ।

आइतवार आयोजित पत्रकार सम्मेलनमा १५औँ नियमित महाधिवेशन तयारी समितिका बाँके जिल्ला संयोजक कृष्णबहादुर कार्कीले वडा, गाउँ, नगर र क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै अब जिल्ला अधिवेशनको तयारीमा जुटेको जानकारी दिए ।

कार्कीले गगन थापाको बालहठका कारण पार्टी दुर्घटनामा परेको आरोप लगाउँदै १५औँ नियमित महाधिवेशनबाट निर्वाचित हुने नेतृत्व नै कांग्रेसको आधिकारिक नेतृत्व हुने दाबी गरे । पार्टीको आधिकारिकता र नेतृत्वको विषयमा आफूहरू न्यायिक लडाइँमा रहेको उनको भनाइ थियो ।

‘विशेषतिर लागेको धेरैको शरीर उता भए पनि मन यतै छ,’ कार्कीले भने । पार्टीलाई जोगाउन आफूहरू न्यायिक संघर्षमा रहेको उनले बताए ।

Exit mobile version