पोलियो उन्मूलनको सन्देश फैलाउँदै रोटरी क्लबको सचेतना र्याली

विश्वबाट पोलियो उन्मूलन गर्ने अभियानलाई समुदायस्तरसम्म पु¥याउने उद्देश्यले रोटरी क्लब अफ सेन्ट्रल बाँकेले नेपालगन्जमा पोलियो सचेतना ¥याली आयोजना गरेको छ । क्लबले आइतबार नेपालगन्जमा आयोजना गरेको ¥यालीमा रोटरीसँगै रोटर्याक्ट क्लबका सदस्यहरू पनि सहभागी भएका थिए ।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरसिंह मल्लको नेतृत्वमा निकालिएको ¥याली धम्बोजी चोकबाट सुरु भएर औद्योगिक क्षेत्रसम्म पुगेको थियो । क्लबका सिएसआर चेयर सरोज रेग्मीका अनुसार, ¥यालीमा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो । रोटर्याक्ट क्लब अफ सेन्ट्रल बाँके र रोटर्याक्ट क्लब अफ एमपी स्कुलका सदस्यहरूले पनि अभियानमा साथ दिएका थिए ।

¥यालीका सहभागीहरूले पोलियो उन्मूलनसम्बन्धी जनचेतना फैलाउँदै ‘इन्ड पोलियो नाउ’ अभियानको सन्देश प्रवाह गरेका थिए । विश्वलाई पोलियोमुक्त बनाउने अभियानमा समुदायको सहभागिता आवश्यक रहेको सन्देश उनीहरूले दिएका थिए । कार्यक्रमले बालबालिकाको स्वास्थ्य सुरक्षा, स्वस्थ समुदाय निर्माण र उज्ज्वल भविष्यका लागि सामूहिक प्रतिबद्धताको महत्वसमेत उजागर गरेको आयोजकले जनाएको छ ।

यसैबीच, रोटरी क्लब अफ सेन्ट्रल बाँकेले आइतबार नै मानवसेवा आश्रममा आश्रितहरूका लागि सामूहिक भोजन कार्यक्रम पनि आयोजना गरेको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको सहयोगमा आश्रममा रहेका व्यक्तिहरूका लागि दन्त तथा फिजिसियन स्वास्थ्य उपचार शिविरसमेत सञ्चालन गरिएको रोटरी लिडर रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार, आश्रममा सामूहिक भोजनको व्यवस्था यसअघि कोहलपुरमा आयोजित फुटसल च्यारिटीबाट संकलन भएको रकमबाट गरिएको हो । च्यारिटीबाट जुटेको रकम सामाजिक सेवामा परिचालन गर्दै आश्रममा आश्रितहरूलाई भोजन गराइएको उनले बताए ।

पोलियोविरुद्धको सचेतना अभियानसँगै मानवसेवा आश्रममा भोजन र स्वास्थ्य उपचार कार्यक्रम सञ्चालन गरेर क्लबले सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि निरन्तरता दिएको छ । ‘सँगै हिँडौँ, पोलियोमुक्त विश्व निर्माण गरौँ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रमले स्वास्थ्य सचेतना र मानवीय सेवाको महत्वलाई जोड दिएको रेग्मीले दैनिक नेपालगन्जलाई जानकारी दिए ।

Exit mobile version