धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त विश्वव्यापी अर्गनाइजेसन फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्स(फिक्ट्स)को कमिसनमा नियुक्त भएका छन् । फिक्ट्स खेलुकद संस्कृति प्रवद्र्धनमा कार्यरत विश्वव्यापी सन्जाल हो ।
इटालीको मिलानोमा जारी फिक्ट्सको ४१औं महासभाले फिक्ट्स कार्यसमितिको प्रस्तावलाई अनुमाेदन गर्दै चार बर्षका लागि कमर्सियल पार्टनरसीप ब्रोडकास्टिङ सर्भिसेज कमिसनमा नेपालबाट ठकुरीलाई नियुक्त गरेको हाे ।
खेलकुद सम्बन्धि वृत्तचित्रहरुको फिक्ट्स वल्र्ड फेस्ट र फिक्ट्स महासभा यही अक्टोबर ३० देखि नोभेम्बर २ सम्म मिलानोमा सम्पन्न भएको हाे ।
खेल पत्रकारिता, पुस्तक लेखन र डकुमेन्ट्री निर्माणमा समेत सक्रिय ठकुरी फिक्ट्सको नेपाल प्रतिनिधिका रुपमा कार्यरत रहँदै आएका छन् । उनी वल्र्ड रनिङको छाता संगठन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का नेपाल प्रतिनिधि समेत हुन् ।
इटालीको मिलानोमा भएको फिक्ट्सको ४१औं महासभाले नर्वेकी अनमरी अलबर्टसेनको संयोजकत्वमा गठित कमिसनमा नेपालका ठकुरीसहित हेलेन हमरिका(युएसए), झाव ली (चीन), गाबोर डेरेगन(हंगेरी), लेस्टेर रिभ पडिला((पुर्टोरिको), मारियो पोजा(इटाली), नगेन्द्र पुलुमती(इन्डिया), सान्टियागो रामोस(ब्राजिल), मिलोस टोडोरोभिक(मन्टेनेग्रो) सदस्य रहेका छन् ।
महासभाले चार बर्षीय कार्यकालका लागि इटाली निवासी प्रोफेसर फ्रान्को अस्कानीलाई सर्वसम्मत निर्वाचित गर्दै अध्यक्षमा निरन्तरता दिएको छ । कार्यकारी समितिको उपाध्यक्षमा उज्वेकिस्तानकी सखाडट मुराडोवा सर्वसम्मत निर्वाचित भएकी छिन् । महासभाले महासचिवमा इटालीकै डा. इन्जो क्यापेलियोलाई निर्वाचित गरेको छ । त्यसैगरी युरोप अध्यक्षमा स्पेनका जुली पेर्नस, अफ्रिका अध्यक्ष डिन किबिरिग(युगान्डा), दक्षिण पश्चिम एशिया अध्यक्ष सयद मोजतवा अलवी(इरान), पुर्वी एशिया अध्यक्ष जियाङ छियु(चीन), उत्तर अमेरिका अध्यक्ष थोमस रेसानडिच(युएसए), साउथ सेन्ट्रल अमेरिका अध्यक्ष अलिसिया मसोनी डि मरिया(अर्जेन्टिना) निर्वाचित भएका छन् । काउन्सलरमा मीना वलिराकी(ग्रीस), इभगेनी बोटागीर्भ(रुस), क्रिस्टोफर समुदा(जमैका), कोषाध्यक्षमा मार्को र्रिभा(इटाली), सोसल प्रोसेक्युटरमा जर्ज पिगोस(ग्रीस), अडिटरमा मिर्को कुसिग(स्वीटजरल्याण्ड), रोसारिया रोसालियो(इटाली)लाई जिम्मेवारी दिइएको हो ।
फिक्ट्सका महत्वपुर्ण चार कमिसनमध्ये टेक्निकल इनोभेसन एण्ड मार्केटिङ कम्युनिकेसन कमिसनमा इटालीका फ्रान्सीस्को रिकीको संयोजकत्वमा हर्ष अबेकुन(श्रीलंका), लुसियानो बारा(इटाली) जर्ज दास(मलेसिया), मार्गरियट डि(नेदरल्याण्ड्स), आसिफ करिम(केन्या), कुस्ट्रिम क्रासनिगी(कोसोभो), राफाल न्युबो(स्पेन), नौरा मरिन(ट्युनिसिया), सेलिया रोचा(ब्राजिल) सदस्य नियुक्त भएका छन् । त्यस्तै, इन्टरनेसनल फेस्टिभल कमिसनमा क्रिस्टोफर समुदा(जमैका) संयोजक, रेनेटा बलोसभा(जेक रिपब्लिक), रेनाटा टुलियो फेरारी(फ्रान्स), अल्बर्टो गेसवीन(चिली), जुराब खुटसिभिली(जर्जिया), वोज्को कोरासेक(स्लोभानिया), अन्टोनियो लिल(ब्राजिल), ओलिभेरा निकिटोभिक(सर्विया), मोहम्मद तयब(इरान), रुइचिरो सुचिया(जापान) सदस्य रहेका छन् । कल्चर एजुकेसन एण्ड युथ कमिसनमा फ्रान्सका फिलिप मानासेरो संयोजक, क्लाउडियो अरिगोनी(इटाली), लिस्टन बोचेटे(युएसए), मारिया बुलाटोवा(युक्रेन), मनाना(जर्जीया), रकी काङ(साउथ कोरिया), हाउ कुन(चीन), टेरेसा रमिलो(पोर्चुगल), बोनी टेल(युएसए), ज्वेनडोलिन भान(बेल्जियम) सदस्य भएका छन् ।
अब ४२औं महासभा २०३० मा हुनेछ l
