तत्कालीन प्रम नेपाल सहित ९७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याएको आरोपमा पूर्व प्रधानमन्त्री माधव नेपाल सहित ९७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

रिजाल क्यानिङ्ग एण्ड कम्पनी प्रा.लि.लाई सुनसरी र मोरङ जिल्लामा हदबन्दीभन्दा बढी जग्गा राख पाउने गरी छुट दिएको एवम् सर्त विपरीत निजी प्रयोगमा लगाएको तथा विभिन्न व्यक्तिको नाममा खरिद बिक्रीसमेत गरी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रू. ७३ करोड ४९ लाख ५६ हजार कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपरको माग दाबी आरोप पत्रमा गरेको छ ।

Exit mobile version