नेपाल संवत्को स्वागत गर्दै नेपालगन्जमा हुँदै भिन्तुना र्याली

नेपाल संवत् ११४७ को स्वागतमा यसै कात्तिक २४ गते नेपालगन्जमा भिन्तुना ¥याली तथा शुभकामना आदानप्रदान समारोह आयोजना हुने भएको छ । नेवाः देय दबू बाँकेको अगुवाइमा जिल्लामा रहेका विभिन्न नेवाः गुठीको सहभागितामा कार्यक्रम गर्न लागिएको हो ।

नेपालीहरूको मौलिक संवतका रूपमा रहेको नेपाल संवत् म्हपूजाका दिनदेखि सुरु हुन्छ । यस वर्ष कात्तिक २४ गते म्हपूजासँगै नेपाल संवत् ११४७ प्रारम्भ हुँदैछ । नयाँ संवत्को स्वागत र नेवाः संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ¥याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार, बिहान नेपालगन्जको कारकाँदो चोकबाट भिन्तुना ¥याली सुरु हुनेछ । ‘¥यालीपछि शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ,’ नेवाः देय दबू बाँकेका तर्फबाट कृष्णप्रसाद श्रेष्ठले नेपाल संवत्को नयाँ वर्षको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्दै दैनिक नेपालगन्जसँग भने ।

नेवाः देय दबू बाँकेका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय भिन्तुना र्याली आयोजक समिति गठन गरि आवश्यक तयारीका काम भइरहेको स्थानीय अ गुवा अशोक कर्माचार्यले जानकारी दिए ।

Exit mobile version