लागुऔषधसहित दुई जना पक्राउ

बाँके र सुर्खेतमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । घरमा तलासी गर्ने क्रममा दुवै जनाको साथबाट उक्त पदार्थ फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–६ रझेनाका २४ वर्षीय सुनिल थारूलाई ५ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय कोहलपुरसमेतबाट खटिएको टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ मिलनचोकका ३१ वर्षीय सुनिल कुमार थापा पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतसमेतबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनको घर तलासी गर्दा १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको थियो ।

दुवै घटनामा बरामद पदार्थ ब्राउनसुगर जस्तो देखिने उल्लेख गरिएको छ । प्रहरीले दुवै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version