कियाले सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी सुरु गरेको छ । किया नेपालगन्जले दीपावलीको अवसर पारेर सिरोस ईभी डेलिभरी गरेको हो ।
नाइमा मोविलिटी एक्स्पोमा पोस्टर देखाएर बुकिङ लिइएको सिरोस ईभी ३७ लाख ९० हजार मूल्य तोकेको भएपनि अटो शोमा बुकिङ गर्ने १०० जनालाई ३५ लाख ९० हजारमै दिने जनाएको थियो ।

‘सहुलियत मूल्यमै डेलिभरी शुरु गरिएको हो,’ किया नेपालगन्जका प्रवन्ध सञ्चालक निरन्जन राजभण्डारीले भने ।
उत्पादक कम्पनीका अनुसार, किया सिरोस ईभीमा ४२ किलोवाट आवर ब्याट्री छ । नेपालमा आएको सिरोस ईभीको इन्ट्री भेरियन्ट हो । यसमा १२६ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ
। यो kia को भारतमा निर्माण भएकालेे भोलिका दिनमा SPAREPARTS सजिलोसँग उप्लब्ध हुने जस्ले गर्दा ग्राहकले बिक्रि पछीको सेवा अझै उत्कट हुनेछ । ADVT.