यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । खेल ओमानको अल अमेरातमा सुरु भएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले भारतपछि २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) र २४ गते पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्टले अवसर पाएका छन् ।
