३७ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले एक साताको अवधिमा विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ३७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले २०८३ कात्तिक १४ गतेदेखि कात्तिक २० गतेसम्म सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीहरूबाट कुल २३ लाख ९० हजार २३४ रूपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको छ भने उनीहरूको कुल कैद सजाय ८ वर्ष ८ महिना १४ दिन रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

Exit mobile version