जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी दर्ता प्रमाणपत्र नभएका १० वटा सवारीसाधन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८३ असोज २९ गते प्राप्त गोप्य सूचनाका आधारमा जानकी गाउँपालिका–३, कर्मोनाका किसमत अली शेषको घर तथा घरवरपर प्रहरीले तलासी गरेको थियो ।
सो क्रममा लुकाइछिपाई राखिएको अवस्थामा विभिन्न कम्पनीका ९ वटा मोटरसाइकल र १ वटा स्कुटर बरामद गरिएको हो । बरामद सवारीसाधनको अनुमानित मूल्य ३२ लाख रूपैयाँ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि बरामद सवारीसाधन भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाएको जनाएको छ ।
