सञ्चालनमा राधे डिपार्टमेन्ट स्टोर सञ्चालनमा

नेपालगन्जको सदरलाइन क्षेत्रमा राधे डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको छ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सुधांशु कोइरालाले स्टोरको उद्घाटन गरे । एउटै छानामुनि दैनिक उपभोग्य सामग्रीदेखि कपडासम्म उपलब्ध गराउने उद्देश्यसहित स्टोर सञ्चालनमा ल्याइएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१०, सरस्वती विद्यालयनजिक टाँगा स्ट्यान्डस्थित भेरी अस्पताल रोडमा खुलेको स्टोरमा खाद्यान्न तथा किराना सामग्री, कपडा र दैनिक प्रयोगका विभिन्न सामान उपलब्ध हुने सञ्चालक इमरान सिद्धीकीले बताए ।

‘त्यो क्षेत्रमा यसखालको पसल छैन,’ सञ्चालक इमरानले दैनिक नेपालगन्जसँग भने, ‘हामी उपभोक्ताको सहुलियतमा पनि विशेष ख्याल राख्नेछौं ।’ उनले ग्राहकलाई आवश्यक पर्ने सबै खालका उपभोग्य सामग्री एउटै स्थानबाट उपलब्ध गराउने योजना रहेको बताए ।

स्टोरमा घरायसी प्रयोजनका खाद्यान्न तथा दैनिक आवश्यकताका सामग्री, परिवारका सदस्यका लागि विभिन्न प्रकारका कपडा र घरमा प्रयोग हुने अन्य सामान राखिएको छ । गुणस्तरीय सामग्री उपलब्ध गराउँदै उपभोक्तालाई सहज किनमेलको सुविधा दिने स्टोरको उद्देश्य रहेको छ ।

शुभ दीपावली २०८३ को अवसर पारेर शुभारम्भ गरिएको स्टोरको उद्घाटन शुक्रबार गरिएको हो । ‘गुणस्तरीय सामग्री, राम्रो जीवन’ भन्ने नारासहित सञ्चालनमा आएको राधे डिपार्टमेन्ट स्टोरले स्थानीय उत्पादन तथा व्यापारलाई प्रोत्साहन गर्ने सन्देशसमेत अघि सारेको सञ्चालक इमरानले बताए ।

Exit mobile version