लुम्बिनी प्रदेश भलिबलमा सर्वसम्मत

लुम्बिनी प्रदेश भलिबल संघको दोस्रो अधिवेशनबाट योग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

शनिवार रुपन्देहीमा भएको अधिवेशनले उपाध्यक्षमा कृष्णा पाठक र रमेश कर्माचार्यलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा नवल गुरुङ र कोषाध्यक्षमा सुरेन्द्र शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको सदस्यमा दीपक दमासे, मौसम कुँवर, प्रकाश श्रेष्ठ र चन्द्रबहादुर बिसी चयन भएका छन् ।

प्रदेशमा भलिबल खेलको विकास, विस्तार र खेलाडीको क्षमता अभिवृद्धिका लागि नयाँ नेतृत्वले भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सर्वसम्मत नेतृत्व चयनले संघभित्र सहकार्य र एकताको सन्देश दिएको केन्द्रीय उपाध्यक्ष भीम ओलीले जानकारी दिए ।

Exit mobile version