महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्मजयन्ती नेपालगञ्जमा आइतबार भव्य कार्यक्रम गरी मनाइएको छ।
महेन्द्र पुस्तकालय ले आयोजना गरेको लक्ष्मी जयन्तीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा बारे चर्चा परिचर्चा सँगै बहुभाषिक कवि गोष्ठीको आयोजना गरिएको हो।
पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सभा सदस्य खगेन्द्र गिरी कोपिलाले महाकवि देवकोटाको लेखन चर्चा गरे ।
वरिष्ठ साहित्यकार सनत रेग्मी, प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरे, डाक्टर हरिप्रसाद तिमिल्सिना,नरेन्द्र जङ्ग पिटर, मीना बराल, रचना पाठक लगायतले विभिन्न श्रृजनात्मक प्रस्तुति गरेका थिए ।
कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव सतिश निरौलाले गरेका थिए।
