पीडितलाई स्वर्गद्वारी समाजको सहयोग

विद्युत् सर्ट भएर भएको आगलागीबाट ठूलो क्षति व्यहोरेका बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरका व्यवसायीलाई स्वर्गद्वारी समाजले आर्थिक सहयोग गरेको छ ।

गत कात्तिक २२ गते साँझ करिब ६ बजे भएको आगलागीबाट लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स तथा जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्सका पसल, गोदाम र कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका थिए । आगलागीबाट तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक तथा भौतिक क्षति भएको सञ्चालकले बताएका छन् ।

आगलागीबाट प्रभावित व्यवसायीलाई राहत तथा व्यवसाय पुनः सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले स्वर्गद्वारी समाजले ४० हजार १०० रुपैयाँ आर्थिक सहयोग गरेको हो । समाजका अध्यक्ष जेन्टिल गौतमसहित सम्पूर्ण टिमको संयुक्त पहलमा संकलित उक्त रकम पीडित व्यवसायी तुलसा बस्नेत ओलीलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई आत्मसात् गर्दै सहयोग गरिएको उल्लेख गर्दै समाजले दुःख र विपद्का बेला एकअर्कालाई सहयोग गर्नु सामाजिक एकता र परोपकारको महत्वपूर्ण उदाहरण भएको जनाएको छ ।

उक्त सहयोगले आगलागीबाट प्रभावित परिवारलाई राहत पुग्नुका साथै व्यवसाय पुनः सञ्चालनका लागि केही सहयोग हुने विश्वास समाजले व्यक्त गरेको छ ।

Exit mobile version