करको महत्वबारे आम नागरिकमा चेतना अभिवृद्धि गर्ने, करदातालाई सम्मान गर्ने तथा कर प्रशासन र करदाताबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले आज मंसिर १ गतेदेखि कर सप्ताह सुरु भएको छ । कर सप्ताहको पहिलो दिन आज मंगलबार कर दिवस मनाइँदैछ ।
कर दिवसको अवसरमा आन्तरिक राजस्व विभाग तथा मातहतका कार्यालयहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी कर सप्ताह मनाउने गरेका छन् । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत करसम्बन्धी अन्तरक्रिया, सचेतनामूलक अभियान, करदाता सम्मान तथा कर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रेम प्रसाद उपाध्यायले आज कर दिवसको अवसरमा प्रभातफेरी निकालिने र कर सप्ताहको अन्तिम दिन मंसिर ७ गते करदाता सम्मान सहित कर सप्ताहको समापन गरिने जानकारी दिएका छन् ।
