बाँकेमा १२ हजारभन्दा बढी परिवार शौचालयविहीन

आज विश्व शौचालय दिवस । बाँके २०७५ साल असार महिनामा खुला दिशामुक्त जिल्ला घोषणा भएको थियो । २०७८ सालमा जनगणना भयो । उक्त जनगणना पश्चात राष्ट्रिय तथ्यांक कार्यालय सार्वजनिक गरेको प्रतिवेदन विवरण अनुसार बाँकेमा अझै पनि धेरै घरपरिवार शौचालयको पहुँच बाहिर रहेका छन् ।

आधारभूत सरसफाइ र स्वच्छतालाई नागरिकको मौलिक आवश्यकता मानिए पनि बाँके जिल्लामा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन रहेको तथ्यांकले देखाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा गरी १२ हजार २ सय ८८ घरधुरीमा शौचालय नभएको तथ्यांक सार्वजनिक भएको छ ।

जनगणनाको तथ्यांक अनुसार, बाँकेमा शौचालयको पहुँचमा स्थानीय तहअनुसार ठूलो असमानता रहेको देखाएको हो । जिल्लामा कुल १ लाख २९ हजार २३४ घरधुरीको तथ्यांकमध्ये १ लाख १६ हजार ९४६ घरधुरीमा कुनै न कुनै प्रकारको शौचालय रहेको देखिन्छ । यसअनुसार जिल्लाका करिब ९०.५ प्रतिशत घरधुरीमा शौचालयको पहुँच पुगेको छ भने ९.५ प्रतिशत घरधुरी अझै शौचालयविहीन छन् ।

जिल्लाका स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाको अवस्था सबैभन्दा कमजोर देखिएको छ । डुडुवामा कुल ८ हजार ५१ घरधुरीमध्ये ३ हजार २४ घरधुरीमा शौचालय छैन । यो कुल घरधुरीको ३७.६ प्रतिशत हो । अर्थात् डुडुवाका झन्डै प्रत्येक तीन घरधुरीमध्ये एक घरधुरी शौचालयविहीन छ । त्यसैगरी नरैनापुर गाउँपालिकामा ८ हजार ४ सय ८८ घरधुरीमध्ये १ हजार ६ सय ८ घरधुरीमा शौचालय छैन । यो कुल घरधुरीको १८.९ प्रतिशत हो । जानकी गाउँपालिकामा ८ हजार ८ सय २६ घरधुरीमध्ये १ हजार ५ सय १ घरधुरी अर्थात् १७ प्रतिशतमा शौचालयको पहुँच छैन ।

नेपालगन्ज उपमहानगरपालिकामा समेत ३ हजार ७८ घरधुरी शौचालयविहीन रहेको तथ्यांकले देखाएको छ । उपमहानगरपालिकाका कुल ३४ हजार ५ सय ६५ घरधुरीमध्ये ८.९ प्रतिशत घरधुरीमा शौचालय छैन ।

बाँकेका स्थानीय तहमध्ये शौचालयको पहुँचका हिसाबले कोहलपुर नगरपालिकाको अवस्था तुलनात्मक रूपमा राम्रो देखिएको छ । कोहलपुरका कुल २४ हजार १ सय ८३ घरधुरीमध्ये ५ सय ३१ घरधुरीमा मात्रै शौचालय छैन । बैजनाथ गाउँपालिकामा १६ हजार ४ सय ६९ घरधुरीमध्ये ५ सय ७ घरधुरी अर्थात् ३.१ प्रतिशतमा शौचालय छैन । खजुरा गाउँपालिकामा १३ हजार ७ सय ६ घरधुरीमध्ये ९ सय ५९ घरधुरी अर्थात् ७ प्रतिशत शौचालयविहीन छन् । राप्तीसोनारी गाउँपालिकामा १४ हजार ९ सय ४६ घरधुरीमध्ये १ हजार ८० घरधुरीमा शौचालय छैन । यो कुल घरधुरीको ७.२ प्रतिशत हो ।

नेपालगन्ज उपमहानगरपालिकामा शौचालयको प्रकारका आधारमा हेर्दा फ्लस शौचालयको प्रयोग तुलनात्मक रूपमा बढी देखिएको छ । फ्लस शौचालय भएका २४ हजार ४ सय ७६ घरधुरी अर्थात् कुल घरधुरीको ७०.८ प्रतिशत हुन्छ । त्यस्तै ६ हजार ८ सय १४ घरधुरीमा साधारण शौचालय रहेको छ । १ सय ९७ घरधुरीले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ । उपमहानगरपालिकामा ३ हजार ७८ घरधुरी भने शौचालयविहीन छन् ।

लुम्बिनी प्रदेशमा ६४ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

लुम्बिनी प्रदेशमा कुल ११ लाख ४१ हजार ३४५ घरधुरीको तथ्यांकमध्ये ६४ हजार ३० घरधुरीमा शौचालय छैन । यो कुल घरधुरीको करिब ५.६ ७५ हजार ७० र अन्य समूहका १० जना मतदाता रहेका छन् । पुनरावलोकन समितिमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुख सदस्यका रूपमा रहेका छन् । बाँकेमा नेपालगन्ज उपमहानगरपालिकासहित आठवटा स्थानीय तह छन् ।

Exit mobile version