व्यवसायीको घरमा आगलागी

नेपालगन्जका व्यवसायी हरि प्रसाईको घरमा आगलागी भएको छ । प्रसाईको सुर्खेतरोड, पुष्पलालचोक नजिकैको घरमा शुक्रबार राती आगलागी भएको हो ।

राती सवा ८ बजेतिर लागेको आगो प्रसाईको घरमा रहेको व्यवसायिक सटरबाट बाहिर आएको प्रत्यदर्शीले बताएका छन् । ‘एक्कासी फोटोफ्रेम पसलको सटरबाट आगो देखिएपछि तत्कालै प्रहरी र दमकललाई प्रत्यक्षदर्शीले खबर गरेका हुन्,’ स्थानीयले छिमेकीले दैनिक नेपालगन्जसँग भने । ‘प्रहरी र तत्काल उपलब्ध दमकलका कारण एक सवा घण्टामा आगो नियन्त्रणमा लिइएको’ घटनास्थलबाट प्रत्यक्षदर्शीले बताए ।

छिमेकी व्यवसायीसमेत रहेका नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले प्रसाईका घरमा रहेको आगलागीले फोटो फ्रेम पसल र जोडिएको मोटरपार्टस् पसलमा निकै क्षति पुगेको बताए । प्रहरीले क्षतिको यकिन भइनसकेको जनाएको छ ।

आगलागीको खबर थाह पाउनासाथ नेपालगन्ज उपमहानगरपालिका सहित विभिन्न ठाउँका पाँच वटा दमकल र सम्बद्ध कर्मचारी आगो नियन्त्रणमा सक्रिय भएका कारण ठुलो मानवीय तथा भौतिक क्षति टरेको घटनास्थलमा रिपोर्टिङका लागि पुगेका हाम्रा सहकर्मी विष्णु कंडेलले जानकारी दिएका छन् ।

Exit mobile version