बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार सुरु भएको छ । राप्तीसोनारी गाउँपालिकाको समन्वयमा भृकुटी तेक्वान्दो डोजाङ, नेपालगन्जले प्रतियोगिता आयोजना गरेको हो ।
दुई दिने प्रतियोगिताको उद्घाटन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाले खेल र खेलाडीको सधै सम्मान गर्दै आएको बताए । उनले प्रतियोगिताको नियमितताका लागि आयोजक सँग प्रस्ताव समेत माग गरेका थिए ।
अध्यक्ष पौडेललेखेलाडी र खेलको सम्मान गर्न सकेमा देशको, भाषाको, कलाको, संस्कृतिको विकास हुने बताएका थिए । उनले भने, ‘खेलाडी गौरव हुन् । खेलाडी पहिचानका मालिक हुन् भन्ने कुरा मैले बुझेको छु ।’ अध्यक्ष पौडेलले अन्य खेलजस्तै तेक्वान्दोको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापाले विद्यालय स्तरबाट नै तेक्वान्दो प्रतियोगिताको महत्व बुझाउनु पर्ने बताएका थिए । तेक्वान्दोले अन्तर्राष्ट्रिय पदक जितेर देशको गौरव बढाएको उल्लेख गर्दै केन्द्रीय सदस्य थापाले तेक्वान्दो खेलाडीले पाराओलम्पिकमा कास्य, एसियनमा स्वर्ण र साफमा एकै जनाले चार स्वर्ण जितेर ईतिहास बनाएको स्मरण गरे । ‘तेक्वान्दो मनोरन्जन र आत्म सुरक्षामात्रै नभएर देश चिनाउने विधा पनि हो’, उनले भने ।
बाँके तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले भलिबल, एथलेटिक्सजसरी पालिकाले तेक्वान्दोलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
तेक्वान्दोका प्रशिक्षक एवं प्रतियोगिताका संयोजक चन्द्रप्रकाश श्रेष्ठले गाउँमा छरिएर रहेका खेलाडीको विकासका लागि र राप्तीसोनारीको पर्यटकीय क्षेत्रको चिनारीका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले स्थानीय तहले खेलको महत्व बुझ्नु पर्ने धारणा राखेका थिए ।
भृकुटी तेक्वान्दो डोजाङका संयोजक उमादेवी थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका वडाध्यक्ष, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रेजिना मल्ल, तेक्वान्दो संघका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो । आइतबारसम्म चल्ने प्रतियोगितामा गराउँदै कानुन व्यवसायीको सम्मान र मर्यादा कायम राख्नुपर्नेमा उनीहरूले जोड दिए ।
समारोहमा वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, उच्च बारका अध्यक्ष पवन गुप्ता, जिल्ला बारका अध्यक्ष पुनम कुमारी श्रेष्ठ तथा स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष चित्रबहादुर केसीलगायत बाँकेका उल्लेख्य संख्यामा कानुन व्यवसायीहरूको उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरूले डीएलएको स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको पक्षमा कानुन व्यवसायीहरू एकजुट भएर उभिनुपर्ने धारणा राखे । अदालत न्याय सम्पादन गर्ने महत्वपूर्ण संस्था भएकाले त्यहाँबाटै कानुन व्यवसायीको प्रतिष्ठामा असर पर्ने गतिविधि हुनु गम्भीर विषय भएको उनीहरूको भनाइ थियो ।
डीएलए बाँकेका अध्यक्ष कपिलदेव शर्माको अध्यक्षतामा भएको समारोहमा भोला सिंह हमाल प्रमुख अतिथि थिए । सदस्य सरिता पौडेलले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव अधिवक्ता पूर्ण ढकालले गरेका थिए ।
