नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक सय महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याडसहितको फ्रिडम किट ब्याग वितरण गरिएको छ । एफकेबी यूकेको सहयोगमा बास नेपालले सामुदायिक महिलाहरूलाई लक्षित गरी उक्त किट ब्याग वितरण गरेको हो ।
महिनावारी स्वच्छता प्रवद्र्धन तथा महिलाको स्वास्थ्यमा सहयोग पु¥याउने उद्देश्यले आयोजित कार्यक्रममा बादी, मुस्लिम, मधेसीलगायत समुदायका किशोरी तथा महिलालाई किट ब्याग प्रदान गरिएको थियो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले महिलाका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण महत्वपूर्ण रहेको बताए । पुनः प्रयोग गर्न मिल्ने कपडाका प्याडसहितको सामग्री उपलब्ध गराएर बास नेपालले सामुदायिक महिलाको स्वास्थ्यमा योगदान पु¥याएको उनको भनाइ थियो ।
चौधरीले स्थानीय तहले हरेक वर्ष सेनेटरी प्याड वितरणका नाममा लाखौँ रुपैयाँ खर्च गरिरहेको उल्लेख गर्दै एकपटकको लगानीबाट लामो समयसम्म प्रयोग गर्न सकिने गुणस्तरीय कपडाका प्याड वितरणमा जोड दिनुपर्ने बताए । यस विषयमा आगामी दिनमा सबै पालिकासँग छलफल गर्ने उनको भनाइ थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रशान्त श्रेष्ठले बादी समुदाय तथा पछाडि पारिएका र परेका वर्गका महिलाको उत्थानका लागि फ्रिडम किट ब्याग वितरण सकारात्मक पहल भएको बताए । पुनः प्रयोग गर्न मिल्ने प्याड महिलाको स्वास्थ्यका लागि उपयोगी हुने उनको धारणा थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने कार्यक्रम अधिकृत रविन्द्र बोहराले सहजीकरण गरेका थिए । कार्यक्रममा बास नेपालकी कार्यक्रम प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मीना घर्ती मगरले महिनावारी स्वच्छतासम्बन्धी प्रशिक्षण दिएका थिए ।
किट ब्याग प्राप्त गरेपछि सहभागी महिलाहरूले खुसी व्यक्त गर्दै पुनः प्रयोग गर्न मिल्ने प्याडले महिनावारी स्वच्छता कायम गर्न सहयोग पुग्ने बताएका थिए ।
बास नेपालका अनुसार फ्रिडम किट ब्यागमा महिनावारीका बेला प्रयोग हुने तीनवटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड इन्सर्ट, आठवटा क्लिप, डोरी, फेन्सी पर्स, सानो र ठूलो वाटरप्रुफ पर्स, पेन्टी तथा साबुनलगायत सामग्री हुन्छन् ।
ट ब्ततबअजmभलतक
ड्ड क्अबललभम दथ न्mबष्
ि
