साधारणसभा गर्दै महेन्द्र पुस्तकालय

रेशम बिरही र नरेन्द्रजंग पिटरलाई साधना सम्मान

महेन्द्र पुस्तकालय नेपालगन्जले साहित्य, सामाजिक चेतना र शैक्षिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व तथा विद्यार्थीलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गर्ने भएको छ । आज शनिवार आयोजना हुने पुस्तकालयको २६औँ नियमित वार्षिक साधारणसभाको अवसरमा साहित्यकार रेशम बिरही र नरेन्द्रजंग पिटरसहित विद्यार्थी वर्षा खनाललाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको हो ।

पुस्तकालयका सचिव सतिश निरौलाका अनुसार, पुस्तकालयले रेशम बिरहीलाई २०८३ को माधुरी स्मृति साधना सम्मान प्रदान गर्ने निर्णय गरेको छ । सम्मानसँगै उनलाई २० हजार रुपैयाँ नगद प्रदान गरिनेछ । साहित्य साधनामा पु¥याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गर्न लागिएको हो ।

त्यसैगरी, पुस्तकालयले सञ्चालन गर्दै आएको माधुरी–बद्रीविक्रम व्याख्यानमालाको चौथो शृंखलामा लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई सम्मान गरिनेछ । ’सामाजिक सद्भावमा खेलकुदको भूमिका’ विषयमा व्याख्यान प्रस्तुत गर्ने पिटरलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरिने पुस्तकालयले जनाएको छ ।

सचिव निरौलाका अनुसार, साधारणसभाका अवसरमा शैक्षिक उपलब्धिको कदर गर्दै बाँकेबाट कक्षा १२ को परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट अंक प्राप्त गर्ने वर्षा खनाललाई पनि पुरस्कृत गरिनेछ । धम्बोजी माध्यमिक विद्यालयकी छात्रा खनाललाई शान्ता राणा शैक्षिक पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । विद्यार्थीमा अध्ययनप्रतिको रुचि, मेहनत र उत्कृष्टताको भावना विकास गर्ने उद्देश्यले यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा पुस्तकालयको वार्षिक मुखपत्र ’वाङ्मय जगत्’को छैटौँ अंक पनि सार्वजनिक गरिनेछ । साहित्य, विचार, ज्ञान र सिर्जनात्मक अभिव्यक्तिलाई स्थान दिँदै आएको मुखपत्रको नयाँ अंक लोकार्पण साधारणसभाको अर्को महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको छ ।

अध्यक्ष बलराम यादवको अध्यक्षतामा रहेको महेन्द्र पुस्तकालयको २६औँ नियमित वार्षिक साधारणसभाले संस्थाका वार्षिक गतिविधि र आगामी कार्यदिशामाथि छलफल गर्ने अवसरसमेत प्रदान गर्नेछ । साहित्यिक तथा सांस्कृतिक अभियानलाई निरन्तरता दिँदै ज्ञानको प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुस्तकालयका गतिविधि थप प्रभावकारी बनाउने अपेक्षा गरिएको सचिव निरौलाले बताए ।

इलभ बततबअजmभलत
ड्ड क्अबललभम दथ न्mबष्
ि

Exit mobile version