महिलाहरुलाई फ्रिडम किट ब्याग बितरण
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १८, लग्दहवा स्थित देउतादिन माबिमा एक सय महिला तथा किशोरीहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको छ ।
लग्दहवामा बसोवास गर्ने महिला तथा किशोरीहरूलाई महिनावारीका समयमा आवश्यक पर्ने सम्पूर्ण सामग्री सहितको पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड समावेश गरिएको फ्रिडम किट ब्याग वितरण गरिएको छ ।
एफकेबि युकेको सहयोगमा बास नेपालको आयोजनामा सञ्चालन भएको नेपालमा बसोवास गर्ने महिनावारी स्वच्छता परियोजना अन्तर्गत उक्त फ्रिडम किट ब्याग बितरण गरेको हो ।
सामुदायिक शिक्षा किट व्याग प्रदान गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथी वडा नम्बर १८ का कार्यबाहक अध्यक्ष बलीराम रैदासले महिलाहरुलाई अति आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद दिए । साथै आगामी दिनमा अफुले वडा कार्यालयबाट समन्वय र सहकार्य गरी कार्यक्रम गर्ने बताए ।
कार्यक्रममा बोल्दै अर्का अतिथी देउतादिन माबि ब्यवस्थापन समितिका अध्यक्ष बब्लु बर्माले कार्यक्रम एकदम राम्रो भएको र आगामी दिनमा यस कार्यक्रमलाई समन्वय सहकार्य गर्दे लैजाने बताए ।
महिलाहरुको स्वास्थ्यका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी हुने धारणा उनले राखे ।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, पुर्ब अध्यक्ष रमेश सिटौला, बास नेपाल बाँके शाखाका केन्द्रय सदस्य बसन्ती शर्मा रोकाया, बास नेपाल बाँके शाखा पूर्व अध्यक्ष कमला पोख्रेल, बास नेपालकी सदस्य टिना रावत, पत्रकार सावित्र गिरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य बास नेपाल बाँके शाखाकी पुर्ब अध्यक्ष कमला पोख्रेलले गरेकी थिईन् भने कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रम सञ्चालन बास नेपालका निबर्तमान अध्यक्ष शोभा थापामगरले गरेका थिए ।
कार्यक्रममा कार्यक्रमकी प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ति मगरले महिनावारी शिक्षा बारे प्रशिक्षण दिएका थिए । शैक्षिक सत्रमा महिनावारी स्वच्छता, प्रजनन स्वास्थ्य, सुरक्षित महिनावारी व्यवस्थापन, वातावरण संरक्षण तथा महिनावारीजन्य फोहोरको व्यवस्थापन र त्यसको वातावरणीय प्रभाव, पुनः प्रयोग गर्न मिल्ने प्याडको महत्व, महिनावारीसम्बन्धी परम्परागत धारणा, अन्धविश्वास, सामाजिक लाञ्छना तथा छुवाछुत र महिला सशक्तीकरणका विषयमा सहभागीहरूसँग छलफल तथा सचेतना अभिवृद्धि गरिएको थियो ।
महिलामाथि हुने हिंसा अन्त्यका लागि सञ्चालन भइरहेको १६ दिने अभियानको सन्दर्भमा महिनावारीलाई सचेतना र संवादको विषय बनाउँदै कार्यक्रमले महिनावारीका आधारमा हुने विभेद, छुवाछुत, लाञ्छना तथा सामाजिक निषेध अन्त्य गर्न महत्वपूर्ण सन्देश दिएको छ । महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई लाज, भेदभाव वा अपमानको विषय नभई स्वास्थ्य, सम्मान र अधिकारको विषयका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको थियो।
फ्रिडम किट व्याग प्राप्त गरिसकेपछि प्रतिकृया दिदै सहभागिहरुले खुशी व्यक्त गर्दै महिनावारी स्वच्छदाका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी भएको बताए ।
